राष्ट्रपति पौडेलले संवैधानिक परिषद् अध्यादेश खुरूक्क जारी गर्ने छैनन्:सूर्य थापा


काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल जारी नगर्ने तर्क गरेका छन् ।

थापाले यसअघि संसदबाट प्रमाणिकरणका लागि पठाइएको विधेयक फिर्ता गरिएको सन्दर्भमा सोही प्रावधानको अध्यादेश सजिलै जारी नहुने तर्क गरेका हुन् ।

थापाले लेखेका छन्, ‘संसदबाट प्रमाणीकरण गर्न प्रेषित संवैधानिक परिषद विधेयक, २०८१ फिर्ता गरेका राष्ट्रपति रामचन्द्र पौडेलले सोही प्रावधानको अध्यादेश खुरूक्क जारी गर्ने छैनन् ।’थापाले लेखेका छन्, ‘संसदबाट प्रमाणीकरण गर्न प्रेषित संवैधानिक परिषद विधेयक, २०८१ फिर्ता गरेका राष्ट्रपति रामचन्द्र पौडेलले सोही प्रावधानको अध्यादेश खुरूक्क जारी गर्ने छैनन् ।’