खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?


काठमाडौं । नेपाल आयल निगमले बिहिबार राति १२ बजेबाट लागू हुनेगरी खाना पकाउने ग्यासको मुल्य बढाएको छ ।

जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।