बागमतीमा मृत भेटिएको पुरुषको शव टिचिङमा


काठमाडौँ । बल्खु स्थित बंशीघाटको सुकुमबासी बस्ती नजिकै बागमतीमा मृत भेटिएका पुरुषको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

शुक्रबार साढे ३ बजेतिर खोटाङको हलेसी तुवाचुङग नगरपालिका–११ घर भएर बंशीघाटको सुकुमबासीमा बस्ने ६१ वर्षीय इन्द्र बहादुर राई बागमती किनारामा मृत भेटिएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले उनका परिवार बंशीघाटमा बस्ने गरेको बताए । भट्टराईका अनुसार मृतकको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।