सुकुमबासीहरुलाई पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीयता भएन :महामन्त्री पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमबासीहरुलाई पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीयता र व्यवहारिकता नभएको तर्क गरेका छन् ।

पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुरा बताएका हुन्् ।

महामन्त्री पौडेलले सुकुमबासी बस्तीमा सुकुमबासी नै थिएनन्, हुकुमबासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गरे । उनले वास्तविक सुकुमबासीहरूको पहिचान गरेर पुनर्स्थापनाको विकल्प तयार पारेपछि मात्रै वस्ती हटाउनु पर्नेमा जोड दिए।

“झन्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ। त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ,” उनले भने ।

Skip This