महेश बस्नेतपत्नी लगायत १० जना महिलाहरूलाई रिहाइ माग गर्दै प्रदर्शन


काठमाडौँ । नेकपा एमाले एमाले सचिव महेश बस्नेतपत्नी अम्बिका बस्नेतलगायत १० जना महिलाहरूलाई रिहाइ गर्न माग गर्दै माइतिघरमा प्रदर्शन गरेको छ ।

शनिबार एमाले निकट महिला संगठनले माइतीघर मण्डलामा धर्ना दिएको हो ।

‘उनीहरुले अदालतबाट टुंगिसकेको विषयलाई लिएर निरन्तर रूपमा चरित्र हत्या गर्न किन छुट्?’, ‘अम्बिका बस्नेतलगायतलाई रिहा गर’, ‘छाडातन्त्र कहिलेसम्म’लगायत लेखिएको प्लेकार्डसहित धर्ना दिइएको हो ।

वैशाख १४ गते अम्बिका र शोभा पाठकबिच माइतीघरमै भुतलाभुतल भएको थियो । घटनापछि अम्बिकालगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।