कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज,यी विषयमा हुँदैछ छलफल…


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा असन्तुष्ट देखिएका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।