काठमाडौँ । सुकुमबासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई सरकारले अझै जारी राखेको छ ।
यही क्रममा आज बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ।
नदी खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारी बमोजिम आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन शुरु गरिएको हो। कपन क्षेत्रमा वर्षायाममा डुबानको समस्या समाधान गर्न र खोलाको बहावलाई प्राकृतिक रूपमै फर्काउन यो कदम चालिएको सरकारका अधिकारीहरूको दाबी छ।




प्रतिक्रिया