काठमाडौँ । सरकारले भारतसँग जिटुजी मार्फत रासायनिक मल खरिद गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डी एपी मल जिटुजी मार्फत खरिद गर्नका लागि कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
‘भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने,’पोखरेलले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ ।




प्रतिक्रिया