लुटतन्त्र अन्त्यका लागि सरकार निर्मम हुन्छ- अर्थमन्त्री वाग्ले


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लुटतन्त्रबाट मुलुकलाई बाहिर निकाल्न सरकारले काम गरिरहेको बताएका छन् ।

उद्योग वाणिज्य महासंघको साधारणसभामा वाग्लेले हालसम्म देशमा सीमित व्यक्ति, संस्थाको हातमा हैकम, भनसुन र आफन्तवादबाट लुट मच्चिरहेकाले वर्तमान सरकारले त्यसलाई अन्त्य गर्ने दाबी गरे ।

राजनीतिको केन्द्र मात्र नभएर निजीक्षेत्रमा समेत यस्तो लुटतन्त्रमा संलग्न देखिए सरकारले निर्मम भएर कारबाही गर्ने अर्थमन्त्रीले प्रस्ट पारे ।

रास्वपाले वाचापत्रमा राजश्व अनुसन्धान विभाग खारेज गर्ने उल्लेख गरेकोमा सरकार गठनलगत्तै आफूले १० मिनेटभित्रै सो विभाग खारेज गरिदिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।