काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै थापाले नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन् ।
सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूलाई स्मरण गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझै ठूलो उचाइ हासिल गरोस् भन्ने कामना गरेका छन् ।
‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, क्यान र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना !’ थापाले लेखेका छन् ।




प्रतिक्रिया