काठमाडौं, वैशाख २२ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। उक्त प्रभावका कारण आज देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ । यसले गर्दा विशेषगरी पहाडी र हिमाली क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।
त्यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली कायमै रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली हुनेछ। रातीको समयमा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
बाँकी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात हुन सक्ने पूर्वामान छ। महाशाखाका अनुसार मौसममा आएको यो फेरबदलका कारण मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया