काठमाडौं, वैशाख २२ । काठमाडौंमा जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल अहिले बिहान साँढे ९ बजेदेखि सुरु हुँदैछ ।
जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।
लिग(२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अङ्क रहेको छ र सातौँ स्थानमा रहेको छ । त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।




प्रतिक्रिया