काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा समाप्त भएको घोषणा गरेका हुन् ।
उनले यो पदबाट विदा हुनु केवल पदत्याग नभई विश्वास, जिम्मेवारी र संघर्षको एउटा अध्याय अर्को पुस्तामा हस्तान्तरण गर्ने क्षण भएको बताएका छन्।
अध्यक्षले संघको १२औं महाधिवेशन समयमै सम्पन्न गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै त्यसको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्।
उनले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहेको स्वीकार गर्दै आन्तरिक द्वन्द्व र संस्थागत अस्थिरताबीच विद्यार्थीको आवाज बुलन्द बनाउने प्रयास गरिएको बताए। “कार्यगत स्वायत्तता सहित साझेदारी” को अवधारणा अघि सारिए पनि अपेक्षित संस्थागत बहस हुन नसकेको उनको भनाइ छ।
त्यस्तै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गराउनु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले यसले विद्यार्थी आन्दोलनप्रति विश्वास पुनर्स्थापित गरेको दाबी गरेका छन्।






प्रतिक्रिया