काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकालले बाँदर र बँदेलको समस्या समाधान गर्न विशेष नीति लागू गर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति लागू गर्न ध्यानाकर्षण गराए ।
बाँदर तथा बँदेलको समस्या समाधानको लागि पनि विशेष नीति लागु गर्नुपर्ने बताउँदै उनले बाँदर मार्नुपर्छ भनेर हचुवाको तालमा चाँही बोल्न नहुने तर्क राखेका थिए ।
कृषि क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया