देउवा दम्पतीविरुद्धको ‘रेड कर्नर’मा थप विवरण माग


काठमाडौंँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्र मन्त्री आरजु राणाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा इन्टरपोलले थप विवरण मागेको छ।

देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा लियनस्थित इन्टरपोल हेडक्वार्टरले थप विवरण मागेको बताइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरूद्ध अनुसन्धान गर्न पक्राउको अनुमति लिएको थियो।

जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो भने कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए। घरमा जलेका पैसा पनि भेटिएको थियो।

सोही विषयमा अनुसन्धानका लागि विभागले पक्राउ अनुमति लिएको हो।

अदालतबाट पक्राउ अनुमति लिएपछि विभागले रेड कर्नर नोटिस जारी गर्न एनसिबीलाई पत्राचार गरेको थियो।
देउवा दम्पती उपचारका क्रममा हङकङ पुगे पनि लामो समयसम्म स्वदेश नफर्किएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाइएको हो।