काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कटाक्ष गरेका छन् ।
गैरदलीय स्थानीय तहको कुरा गरेको रास्वपाले स्थानीय तहकै चुनावका लागि उम्मेदवार खोज्दै हिँड्नु नमिल्दो देखिएको भन्दै अध्यक्ष लिङ्देनले टिप्पणी गरेका हुन्।
रास्वपाले गैरदलीय स्थानीय तहको कुरा गरे पनि अहिले स्थानीय तहमा उम्मेदवार खोज्दै हिँडेको भन्दै लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा कटाक्ष गरेका हुन् ।




प्रतिक्रिया