छायाँ सेन्टर भत्काउन माग गर्दै प्रदर्शन


काठमाडौं । ठमेलमा रहेको छायाँ सेन्टर भत्काउन माग गर्दै सम्पदाप्रेमीहरूले प्रदर्शन गरेका छन् ।

छाया सेन्टर ठमेलको सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको भन्दै तत्काल उक्त कम्प्लेक्स तत्काल भत्काउन माग गरिएको छ ।

सम्पदा संरक्षण नेपालका सभापति कवीर डंगोललगायतका अभियन्ताले सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका हुन् । सम्पदा मासेर बनाइएको कम्प्लेक्स तत्काल भत्काउनुपर्ने उनीहरुको भनाइ छ।