काठमाडौँ । सिंहदरबारभित्र सञ्चालित एक क्यान्टिनमा मिति सकिएको दही बिक्री गरेको पाइएको छ । बुधबार दिउँसो सिंहदरबारभित्र रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणपरिसर सञ्चालित ‘हाम्रो खाजा घर’ले मिति सकिएको दही बिक्री गरेको पाइएको हो ।
उक्त क्यान्टिनलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ ।
उपभोक्ता संरक्षण ऐनअनुसार उक्त दही जफत गर्नुको साथै जरिवाना तिराएको विभागले जनाएको छ । त्यस्तै, दही उत्पादक श्रीकृष्ण डेरी फर्मलाई पनि व्यवसाय दर्ता प्रमाणपत्र र बिलबिजकसहित उपस्थित हुन निर्देशन दिएको छ ।




प्रतिक्रिया