लुम्बिनी सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी,कसलाई कुन मन्त्रालय ?


लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको छ ।

आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ ।

त्यस्तै प्रदेश यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी अनिल मरासिनीलाई तोकिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए ।

बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न सङ्घ सरकारलाई सिफारिस समेत गरेको छ ।