महेश बस्नेतपत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतपत्नी अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरुविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।