सरकारविरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।

सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेको हो ।

शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।