पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारले गरेको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले सोही मुद्दामा पूर्व सचिवहरु शंकर अधिकारी, केबल भण्डारी, सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दाबी गरेको छ ।