सम्झौता अनुसार नै नेपाललाई इन्धन आपूर्ति गरिरहेका छौं:भारत


काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध ‘बहुआयामिक’ रहेको बताउँदै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ ।

बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो बताएका हुन्।

‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थका सन्दर्भमा जुन सहयोग सम्झौता छ, हामीले सोही सम्झौता अनुसार नै इन्धन आपूर्ति गरिरहेका छौं,’ पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा प्रवक्ता जैसवालले भने, ‘यो प्रक्रिया आगामी दिनमा पनि सोही अनुरूप चल्ने छ ।’

यस्तै पेट्रोलियम पदार्थका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच दशकौंदेखिको व्यावसायिक सम्बन्ध रहँदै आएको छ ।