नेपाल बारको आकस्मिक बैठक आह्वान


काठमाडौं, वैशाख २४ । नेपाल बार एसोसिएसनले भोली शुक्रबारका लागि आकस्मिक बैठक डाकेको छ । संवैधानिक परिषद्ले आज प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई छलफलमा डाकेको हो ।

आज बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ।