अध्यादेश नियत संवैधानिक परिषद्को निर्णयमा प्रकट भयोः पोखरेल


काठमाडौं । एमाले महासचिव शङ्कर पोखरेलले आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर जारी गरिएको अध्यादेश नियत संवैधानिक परिषद्को निर्णयमा प्रकट भएको टिप्पणी गरेका छन् ।

संवैधानिक परिषद्ले वरिष्ठ न्यायाधीशहरूलाई उपेक्षा गरेको उनको भनाइ छ । वरिष्ठ न्यायाधीशहरुलाई उपेक्षा गरी प्रधानन्यायाधीश सिफारिस गरेको सरकारको कदमप्रति महासचिव पोखरेलले असहमति जनाएका छन् ।

यो असामान्य घटना नभएको पनि पोखरेलको जिकिर छ । यस कदमले सरकारले न्यायालयलाई स्वतन्त्र संस्थाभन्दा पनि आफ्नो प्रभावक्षेत्रभित्र राख्न खोजेको सन्देश दिएको उनको भनाइ छ ।

सरकारको यो कदमले संसदीय लोकतन्त्रको शक्ति सन्तुलनको सिद्धान्त कमजोर हुन गई मुलुक अधिनायकवादको बाटोमा फस्ने जोखिम बढाएको पोखरेलले टिप्पणी गरेका छन् ।