प्रधानन्यायाधीश सिफारिसले सर्वोच्चमा हलचल:पेसी सूची रोकियो,इजलास अनिश्चित !


काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिसलाई लिएर तनाव उत्पन्न भएको छ । बिहिबार बसेको संवैधानिक परिषद्को बैठकले वरीयता र स्थापित परम्परा मिचेर चौथो नम्बरमा रहेका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएपछि सर्वोच्चका न्यायाधीशहरूबीच तीव्र असन्तुष्टि देखिएको हो । त्यसैकारण दैनिक पेसी व्यवस्थापन कार्य समेत प्रभावित भएको स्रोतले बतायोे।

यसअघि सामान्यतया बिहान साढे ९ देखि पौने १० बजेभित्रै सार्वजनिक हुने दैनिक पेसी सूची शुक्रबार बिहान ११ बज्दासम्म पनि सार्वजनिक हुन सकेन ।

प्रधान न्यायाधीश सिफारिसपछिको अवस्था र न्यायपालिकाको गरिमाका विषयमा छलफल गर्न न्यायाधीशहरू र सर्वोच्च प्रशासनका उच्च अधिकारीहरूबीच आन्तरिक बैठक चलिरहेको छ।

न्यायाधीशहरूको सामूहिक अडानका कारण आजको नियमित इजलासहरू बस्ने वा नबस्ने भन्नेमा अन्योल उत्पन्न भएको छ।