महेन्द्रनगरमा सुकुमवासीले गरे प्रदर्शन


जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा सुकुमवासीले प्रदर्शन गरेका छन् । क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि आज सुकुमवासीले प्रदर्शन गरेका हुन् ।

नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जाजी गरेपछि सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।