काठमाडौं, वैशाख २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दुई जना केन्द्रीय सदस्य बाहिरिएका छन् । केन्द्रीय सदस्य बिना शाह र बसन्ती ज्ञवालीले केन्द्रीय सदस्य तथा पार्टीको साधारण सदस्यसमेत नरहने गरी आज राजीनामा दिएका हुन् ।
उनीहरूले व्यक्तिगत कारणले पार्टी परित्याग गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । दुबै जनाले छुट्टाछुट्टै पत्रमार्फत अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन समक्ष बुझाएको राजीनामा स्विकृत भइसकेको छैन् ।




प्रतिक्रिया