नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ


लमजुङ– बेसीशहर नगरपालिका-२ गैरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ एम्पुल, बुप्रेनोर्फिन ९९ एम्पुल र फेनारगन ९९ एम्पुल सहित सोही नगरपालिका-८ सेरा बस्ने ३७ वर्षीय शेखर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले डुम्रेबाट बेसीशहरतर्फ आउदै गरेको ग.१ ख ६९०० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।