ललितपुरको मुन म्यानपावरमा छापाः४ सय बढी पासपाेर्ट सहित ८ लाख नगद बरामद


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ललितपुरको जावलाखेलस्थित मुन म्यानपावर कम्पनीमा छापा मारेको छ।

मलेसिया जानका लागि एक युवासँग २ लाख ७५ हजार रुपैयाँ मागिएको गुनासोपछि श्रम मन्त्रालयको टोलीले आज छापा मारेको हो ।

छापामार्ने क्रममा कार्यालयबाट ४३७ वटा राहदानी र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव का स्वकीय सचिव सरोज यादवले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले प्रारम्भिक अनुसन्धानका क्रममा म्यानपावर कम्पनीलाई सिल गर्ने तयारी गरेको जनाएको छ। साथै वैदेशिक रोजगारसम्बन्धी कानुन उल्लंघन गरेको पाइएमा थप कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

स्वकीय सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४सै घण्टा तत्पर रहने बताए ।

Skip This

Omoda E5 Pro