प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चद्धारा अस्वीकार


काठमाडौं, वैशाख २५ । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध पेस भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, गीता थापा र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दिएकामा तीनै जनाको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको हो ।

अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य संविधानविपरीत रहेको दाबी रिटमा गरिएको थियो ।

रिटमा प्रधानन्यायाधीशको वरीयता मिच्दा न्यायपालिका अस्थिर भई स्वतन्त्रतामा नै खलल पुग्ने दाबीसहित न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएकाले डा.शर्माको सिफारिसमा रोक लगाउन माग गरिएको छ ।