काठमाडौं, वैशाख २५ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।
यसअघि बिहीवार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने गरी ब्यवस्था मिलाएको बताए ।
उनले उजुरी नामसहित वा बेनामे उजुरी समेत दिन सकिने व्यवस्था गराइएको जानकारी दिए । शर्माविरुद्ध शनिवारदेखि अगामी जेठ ४ गतेसम्म उजुरी संकलन गरिने र त्यसपछि उजुरीहरुको अध्ययनपश्चात सुनुवाइ प्रक्रिया अगाडि बढाइने छ ।
साथै विद्युतीय माध्यमबाट समेत उजुरीहरु पठाउन सकिनेछ भने प्रमुख जिल्ला अधिकारीमार्फत समेत उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ । नाम किटान गरेर र बेनामे उजुरीसमेत पठाउन सकिने व्यवस्था गरिएपनि बेनामे उजुरीमा प्रमाणसहित पठाउनु पर्नेछ ।
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा ६ वर्षे पूरा कार्यकाल पूरा गर्न पाउनेछन्। शर्मा संसदीय सुनुवाई समितिबाट पनि अनुमोदन भए २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्व सम्हाल्नेछ ।




प्रतिक्रिया