संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति हुन सक्दैन:मल्ल


काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाउने प्रयासहरू भइरहेको त छैन भन्दै उनले प्रश्न गरेकि छन् ।

कानुन दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान केवल कानूनी दस्ताबेज मात्र नभई नागरिकको जीवन पद्धति हुनुपर्ने बताइन् ।

संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने उनको भनाइ छ । नेपाल प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको स्मरण गर्दै उनले आधुनिक न्याय प्रणालीको जग यसै ऐनले हालेको चर्चा गरिन् ।

उनले भनिन् ‘संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानलाई विरूप पारेर सञ्चालकहरूको रूप सिँगार्न खोज्नु विडम्बनापूर्ण हुन्छ ।’