आईपीएल : राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा


काठमाडौं, वैशाख २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई ७७ रनले हराएको छ ।

हिजो बेलुका भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थानले १६ ओभर ३ बलमा १५२ रन बनाएर अलआउट भयो । जीतसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्स पाँचौँ स्थानमा छ । गुजरातको ११ खेलमा १४ अङ्क र राजस्थानको समान खेलमा १२ अङ्क छ ।

आईपीएलमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्टस् तथा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् ।