काठमाडौं, वैशाख २७ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न सक्ने सूची सार्वजनिक गरेको छ।
एसइईको नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्न सक्ने सूची सार्वजनिक गरिएको हो। कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो।





प्रतिक्रिया