रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ मा हुने


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन सुदृढीकरण तथा अधिवेशन केन्द्रित विशेष अभियान अघि बढाउने निर्णय गरेको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडा, पालिका र जिल्ला तहसम्मको भेला तथा अधिवेशनको विस्तृत कार्यतालिका स्वीकृत गर्दै संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको हो।

जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला गर्ने र जेठ ३ गते वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा वडा अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यसैगरी, जेठ ९ गते समिति गठन नभएका पालिकाहरूमा पालिका भेला तथा जेठ १० गते वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा पालिका अधिवेशन गर्ने रास्वपाले जनाएको छ । पार्टीले जेठ १६ गते जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूको अधिवेशन तथा जेठ १७ गते जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूको अधिवेशन गर्ने तालिका पनि सार्वजनिक गरेको छ।

रास्वपाले जिल्ला तहका अधिवेशन भने जेठ २३ र २४ गते गर्ने निर्णय गरेको छ ।