एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता,के भयो छलफल ?


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार गुण्डुमा २ घण्टाभन्दा लामो छलफल भएको स्रोतले बतायो ।

गुण्डुमा ओलीलाई भेट्न पुगेकी भण्डारीले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकि छन् ।

स्रोतका अनुसार एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरुका अभियानको बारेमा पनि दुई नेताबीच समीक्षा भएको छ । पछिल्लो समय ओली र भण्डारीबीच चिसिएको सम्बन्धमा सुधार आएको भण्डारीनिकट स्रोतले जनायो ।

अहिले ओलीले नेतृत्व छाड्नुपर्ने दबाव एमालेमा बढ्दो छ । एमालेकै केही नेताले भने एकपटक विद्या भण्डारीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन् ।

भण्डारी पनि एकपटक एमालेको नेतृत्व लिन इच्छुक छन् । तर,ओलीले उनको सदस्यता नै नविकरण गरिदिएका छैनन् । त्यसैले पनि भण्डारीले ओलीसँग पटकपटक भेट गर्दै सम्बन्त्र सुधार गरिरहेको ओलीनिकट स्रोत बताउँछ ।