बीबीसीले रोकेको गाजासम्बन्धी वृत्तचित्रले बाफ्टा अवार्ड जितेपछि…


लन्डन । गाजामा स्वास्थ्यकर्मीमाथि इजरायली आक्रमणमा आधारित वृत्तचित्र ‘गाजा : डक्टर्स अन्डर अट्याक’ ले उत्कृष्ट समसामयिक कार्यक्रमतर्फको बाफ्टा टिभी अवार्ड जितेको छ ।

उक्त वृत्तचित्र बनाउन बीबीसीले जिम्मा दिएको भए पनि ‘निष्पक्षतासम्बन्धी चिन्ता’ देखाउँदै प्रसारण नगर्ने निर्णय गरेको थियो । 

वृत्तचित्रकी निर्देशक रमिता नभाईले अवार्ड ग्रहण गर्दै बीबीसीको निर्णयको आलोचना गरिन् । सो वृत्तचित्र पछि च्यानल- ४ ले प्रसारण गरेको थियो । यसका लागि उनले च्यानल ४ लाई धन्यवाद भनेकी छिन् ।

उनले भनिन्, ‘हामीले चुप लागेर बस्न वा सेन्सर हुन अस्वीकार गर्‍यौँ । यो फिल्म देखाएकोमा च्यानल ४ लाई धन्यवाद ।’

वृत्तचित्रकाकार्यकारी निर्माता बेन देर पियरले बीबीसीप्रति व्यङ्ग्यात्मक प्रश्न उठाए । 

उनले भने, ‘बीबीसीलाई एउटा प्रश्न छ- तपाईँहरूले हाम्रो फिल्म हटाउनुभयो, अब के आज राति हुने बाफ्टाको टिभी प्रसारणबाट हामीलाई पनि हटाउनुहुन्छ ?’ एजेन्सी