काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह संसद् बैठक हलबाट बाहिरिएका छन् ।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम नसक्दै प्रधानमन्त्री बाहिरिएका हुन् । यसलाई धेरैले अस्वाभाविक र अशोभनीय भनेर टिप्पणी गरेका छन् ।
यसअघिका कुनै पनि प्रधानमन्त्रीहरु राष्ट्रपतिले सदनमा बोलिरहँदा सदनबाट बाहिर निस्किएका थिएनन् । प्रधानमन्त्रीले पछिल्लो समायमा न राष्ट्रपतिलाई भेटेका छन्, न त टेलिफोन संवाद नै गरेका छन् ।
यसलाई प्रधानमन्त्रीले राष्ट्रपति पदको गरिमालाई उच्च महत्व नदिएको भनेर राजनीतिक वृत्तमा विश्लेषण शुरु भएको छ ।




प्रतिक्रिया