काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१३ कोशिदेखास्थित श्री जनजागृति प्रा.वि. का बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यार्थीहरुलाई श्री राम उच्च मावि कोशिदेखाका पुर्व प्रधानध्यापक तथा नया पुस्ता नेपालका अध्यक्ष राज मान तामाङले विद्यालय पोशाक, झोला, स्टेशनरी तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण गरेको हो ।
साथै उनले विद्यालयलाई लेमिनेशन मेसिन समेत हस्तान्तरण गरिएको छ।
शिक्षा क्षेत्रमा सक्रिय तामाङले विभिन्न विद्यालयहरूमा तालिम तथा शैक्षिक सहयोग गर्दै आइरहेका छन् । उनले यसअघि पनि विभिन्न विद्यालयका बालबालिकालाई झोला, विद्यालय पोशाक तथा अन्य शैक्षिक सामग्री वितरण गर्दै आइरहेका थिए ।





प्रतिक्रिया