एसईईमा १ लाख ४६ हजार विद्यार्थी नन-ग्रेडेड


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड (अवर्गीकृत) भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार एसईई नतिजा सार्वजनिक गरेको हो ।

यस वर्ष नन-ग्रेडेड हुने विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा करिब २१ हजारले घटेको छ । गत वर्ष १ लाख ६७ हजारभन्दा बढी विद्यार्थी नन-ग्रेडेड भएका थिए ।