कांग्रेसका उपसभापति शर्मा ओली भेट्न पुगे गुण्डुमा


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न गुण्डुमा पुगेका छन् ।

मंगलबार साँझ शर्मा सहमहामन्त्री उदयशमशेर राणालाई लिएर ओली भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न उनी गुण्डु पुगेका एक नेताले बताए ।

छलफलमा अन्य प्रदेशको विषयमा पनि नेताहरूबीच समीक्षा र फेरबदलको विषयमा केन्द्रित हुने छन् ।