खार्तुम, ३० वैशाख । द्वन्द्वको कारण विस्थापित भएका लगभग ४१ लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले घोषणा गरेको छ ।
सुडानका लागि आइओएमका मिसन प्रमुख मोहम्मद रेफाटले युएन न्यूजलाई सुडान भित्र वा बाहिरबाट मुल थात थलोमा फर्केका व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भएको पुष्टि गरेका छन् । जसले सुडानको सुधारिएको अवस्थालाई सम्बोदन गर्ने आशाको झलक प्रस्तुत गरेको जनाइएको छ ।
उनले फर्केका मानिसहरुको सङ्ख्या ८०% भन्दा बढी रहेको उल्लेख गर्दै उनीहरु सुडान भित्रैबाट र अन्य नौ वटा मुलुकहरू बाट आफ्नो मुल थलोमा फर्केको जनाएका छन् । यो प्रक्रिया सहित आन्तरिक विस्थापित व्यक्तिहरूको सङ्ख्या घटेर लगभग एक करोड २० लाख पुगेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीले स्वैच्छिक फिर्तीको बढ्दो दरले सुडानी जनताले सुरक्षा स्थितिमा सामान्य सुधार भएता पनि थप आशा राखेर आफ्नो भुमिमा फर्केको जनाएका छन् । फर्केका अधिकांश मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ जहाँ चरम विनाश र आधारभूत सेवाहरूको पतन भएको जनाइएको छ ।
खार्तुममा युद्वका कारण करिब ७०% घरहरू आंशिक तथा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्तापितहरु फर्कने क्षेत्रहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावबाट ग्रस्त छन् । रासस




प्रतिक्रिया