गगन थापाले कांग्रेस हाइज्याक गरेर कब्जा गरेको बस्नेतको आरोप


काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गगन थापाले कांग्रेसलाई ‘हाइज्याक’ गरेर कब्जा गरेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय भेलामा बस्नेतले आफू गगन थापासँग लत्रेर नजाने दाबी गरे ।

आफू गगन थापाको पहिलादेखि नै विरोधी भएको भन्दै थापाले झुकेर नजाने प्रस्ट पारे ।

पार्टीभित्र कृत्रिम रूपमा नेतृत्व निर्माण गरिएको उनको आरोप छ ।

उनले आवश्यक परे युवा र भ्रातृ संस्थाका कार्यकर्तालाई सडक संघर्षमा उतार्ने पनि चेतावनी दिएका छन्। गगन थापा नेतृत्वले एकल ढङ्गले भ्रातृ संस्थाहरू सञ्चालन गर्न खोजेको बस्नेतले आरोप लगाएका छन्।