काठमाडौँ । सरकारले संविधान संशोधनको विषयमा युवा पुस्ताको सुझाव संकलन गर्न भन्दै ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘संविधान संशोधन बहसपत्र तैयार गर्ने कार्यदल–२०८२’ ले दुई वटा छुट्टाछुट्टै पत्रमार्फत २९ जना प्रतिनिधिलाई बोलाएको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आगामी २०८३ जेठ १ गते, शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा छलफल कार्यक्रम तय गरेको छ ।
पहिलो सूची (९ जना प्रतिनिधिहरू)
१. लक्ष्मी घिमिरे
२. मोनिका चौधरी
३. प्रज्वल विक्रम राणा
४. अमित खनाल ‘ऊर्जा’
५. प्रभात लाभ
६. सरिष्मा थापा
७. प्रवेश दहाल
८. कमल मगर
९. रुक्शना कपाली

दोस्रो सूची (२० जना प्रतिनिधिहरू)
१. रक्षा बम
२. उपार्जुन चाम्लिङ
३. तनुजा पाण्डे
४. माजित अन्सारी
५. अर्णव चौधरी
६. रिजन रानामगर
७. अमृता वन
८. युजन राजभण्डारी
९. प्रभाष बस्नेत
१०. पेमा वाङ्बु
११. टंक जैसी
१२. यादव अर्याल
१३. यतिस ओझा
१४. जनक पोखरेल
१५. आयुष बस्याल
१६. सुदिप सेठ
१७. अरुण सिंह नेपाली
१८. विप्लवी न्यौपाने
१९. साङ्केन राई
२०. मोनिका निरौला





प्रतिक्रिया