काठमाडौं, वैशाख ३१ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । हिजो राती भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले ४ विकेट गुमाएर १९२ रन बनायो । कोलकाताले दिएको १९३ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १९ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
आईपीएलको अङ्क तालिकामा बेङ्गलुरु १२ खेलमा १६ अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुगेको छ भने कोलकाता ११ खेलमा ९ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् ।




प्रतिक्रिया