बेरुत, ३१ वैशाख । युद्धविराम सम्झौताको बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना बालबालिक युद्वको मारमा परेको संयुक्त राष्ट्र सङ्घिय बाल कोष (युनिसेफ) ले जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल गत १६ र १७ को मध्यरातमा युद्धविराम लागु भए देखि कम्तिमा २३ जना बच्चाको मृत्यु भएको छ भने ९३ घाइते भएका छन् । गत मार्च –२ देखि २०० जना बालबालिकाको मृत्यु भएको र ८०६ जना घाइते भएको उल्लेख गरिएको छ ।
लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र र स्थानीय मिडियाका अनुसार दक्षिणी र मध्य लेबनानमा बुधबार भएको इजरायली आक्रमणमा महिला तथा बालबालिका सहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।
महिनौंको डरबाट त्रसित हुँदै बालबालिकाहरु कक्षाकोठामा फर्कने, साथीहरूसँग खेल्ने क्रममा द्वन्द्वको सिकार हुनु पुगेको मध्य पूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले बताएको छ ।
हिंसा रोक्ने उद्देश्यले गरिएको युद्व विराम सम्झौताको बाबजुद पनि बालबालिकाले बारम्बार आक्रमण र आघात भोग्नु परेको उल्लेख गर्दै उनले यसको परिणाम दिर्घकालिन हुन सक्ने बताएको छ ।
यसै वीच युनिसेफले लेबनानमा सात लाख ७० हजार भन्दा बढी बालबालिकाहरूले हिंसा, विस्थापन र हानिको बारम्बार जोखिमका कारण बढ्दो मनोवैज्ञानिक संकटको सामना गरिरहेको चेतावनी दिएको छ । रासस




प्रतिक्रिया