सार्वजनिक पदाधिकारीलाई अल्टिमेटम– ‘एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनू’


काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरूलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ । आयोगले सूचना जारी गरेर एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।

आफ्नो र परिवारका सदस्यहरूको स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण बुझाउन आयोगले भनेको छ । वि. सं. २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

यसैबीच, आयोगले सार्वजनिक पदाधिकारीहरूले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भेटेमा उजुरी दिनसमेत आम सर्वसाधारणसँग आग्रह गरेको छ ।