काठमाडौँ । बिनविकल्प आफूहरुलाई हटाएको भन्दै सरकारविरुद्ध सुकुम्बासीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले सरकारकाविरुद्ध चर्का नाराबाजीसमेत गरेका छन् ।
अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशभर डोजर आतंक मच्चाइएको र संस्थागत हत्या गरिएको भन्दै माइतीघर मण्डलमा खबरदारी कार्यक्रम गरेका छन् ।
उनीहरुले भोटको राजनीति बन्द गर्नुपर्ने र उठीबासको शृङ्खला तत्काल बन्द गर्नुपर्नेलगायतका माग राखेका छन् ।




प्रतिक्रिया