काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोभारमा गोली चलाएको छ । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीलाई गोली चलाएर पक्राउ गरेको हो।
गोली प्रहारबाट घटनाका मुख्य अभियुक्त सुजन शाही घाइते भएको बताए प्रहरीले जनाएको छ ।
घाइते भएको शाहीलाई अस्पताल लगिएको छ।
कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो।
धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोकास्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । खुकुरी प्रहारमा संलग्नहरूको प्रहरीले खोजी गर्दै आएकोमा आज नियन्त्रणमा लिने क्रममा गोली नै चलाइएको हो।




प्रतिक्रिया